Section 4
अन्त:शुल्क असुली
(१) यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक यस ऐन बमोजिम अन्त:शुल्क लाग्ने वस्तु वा सेवामा देहायको अवस्थामा अन्त:शुल्क असुल गरिनेछः:-

(क) भौतिक नियन्त्रण प्रणाली लागू हुने उद्योगले उत्पादन गर्ने वस्तुको हकमा प्रतिष्ठानबाट उत्पादन गरी बिक्रीका लागि निष्काशन गर्दाको बखत

(ख) स्वयं निष्काशन प्रणालीमा आधारित वस्तु वा सेवाको हकमा बीजक. जारी गर्दाको बखत

(ग) पैठारी हुने वस्तुको हकमा त्यस्तो वस्तु नेपालभित्र प्रवेश गर्दाको बखत भन्सार बिन्दुमा

(घ) पैठारी हुने सेवाको हकमा विभागद्वारा तोकिए बमोजिम ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै वस्तु वा सेवाको हकमा त्यस्तो वस्तु उत्पादन गरेको वा सेवा प्रदान गरेको अवस्थामा नै अन्त:शुल्क असुल गर्नुपर्ने गरी विभागले तोक्न सक्नेछ ।